VOLLEY BALL HONGKONG 2015


Parbat Club Vs Ghandruk Volleyball 2015



Published on Apr 5, 2015
पर्वत क्लबलाई ११ महिना पछि साथै वत्ति गएर भलिबल कप उपाधि हङकङमा
पर्वत क्लब हङकङको दाेस्राे वार्षिक उत्सवमा अायाेजित "दाेस्राे खुल्ला पुरुष भलिबल कप” अाफ्नै कब्जामा राखेको छ। फाईनल खेलमा घान्द्रुक टिम लाई वेष्टअफ ५ खेलमा २-१(२२-२५ ), (२५ -१९ ), ( २५-१३ ) र चाैथाे खेलमा घान्द्रुक १३ र पर्वत ६ नम्बर मा खेल हुदाहुदै वत्ति गई जस्काे नम्बर बढीकाे अाधारमा पर्वत क्लब विजयी भएको छ।विजयी टिमले हङकङ ९५०० डलर र उपविजेता टिमले नगद ६५०० डलर साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए तर प्राप्त जानकारी अनुसार घान्द्रुक टिमले दाेस्राे पुरस्कार लिन मानेकाे छैन वत्तिकाे विषय लिएर।पर्वत क्लबले खेल जित्नुमा नेपालबाट अामन्त्रित दुई खेलाडी संजय अर्याल र सन्तु गुरुङको ठूलो भुमिका रहेको थियो यसैगरी पर्वत क्लबले यस भन्दा अगाडि १मे २०१४मा स्याङ्जा कप जितेको थियो ।यस सालका बलियो टिम मानिएका घान्द्रुक लगातार दुई कप जिति सकेका ह्याटि्रक गर्न बाट पनि राेकिएकाे छ।यस प्रतियोगितामा १२ टिमले भाग लिएका थिए।

About resham shris

Powered by Blogger.